सेकेण्ड लेफ्टिनेन्ट बनाइदिने भनी ठग्ने पक्राउ

१७ श्रावण २०६९, बुधबार ०७:४४ मा प्रकाशित

काठमाडौं, १७ साउन । दिनानुदिन ठगीका अनेक घटना सार्वजनिक हुन थालेको परिवेशमा नेपाली सेनको सेकेण्ड लेफ्टिनेन्ट पदमा भर्ती गराइदिन्छु भन्दै युवाहरुबाट लाखौं रकम उठाउंदै आएका एक ठगलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरका रामजी खड्का मंगलबार राजधानीको टेकुबाट पक्राउ परेका हुन् । उनी नेपाली सेनाका भगौडा सिपाही भएको प्रहरीले जनाएको छ ।
सेकेण्ड लेफटिनेन्ट पदमा जागिर लगाइदिने भन्दै खड्काबाट ठगिएकी सुनिता लामिछानेको उजुरीका आधारमा प्रहरीले उनलाई हिरासतमा लिएको हो । सुनितासहितका तीनजनाबाट रामजीले १२ लाख ६० रुपैंया असुल गरेका थिए ।
पिपडत लामिछानेका अनुसार उनी सहितका ३ जनाबाट साढे ५ लाख रुपैंयाका दरले खड्काले रकम मागेका थिए । उनीसहित दुइजनाले भनेजति नै रकम दिए पनि अर्का एकलेचाहिं तत्काल नभएको भन्दै कम रकम खड्कालाई दिएको थिए । रकम लिइसकेपछि बैशाख महिनामा जागिर लगाउने भन्दै बेपत्ता भएका खड्का आफ्ना बाबु पनि सेनामा मेजर रहेको र आफू पनि नेपाली सेनाको अधिकृत भएको भन्दै सैनिक पोशाकमै पिडितहरुसंग भेट्ने गर्दथे ।
काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी धिरज प्रताप सिंहका अनुसार आफ्नो पहुँच माथीसम्म भएको बताएर जागिरका लागि सेनापतिलाई पैसा खुवाउनुपर्छ भन्दै रामजीले ठगेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका