सगरमाथा सफाइ अभियान अन्तर्गत लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा फोहर सङ्कलन

८ बैशाख २०७६, आईतवार ०९:५६ मा प्रकाशित

सोलुखुम्बु, ८ वैशाख । सगरमाथा सरसफाइ अभियान अन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौं लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो ।

स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने बस्तुलाई नाम्चे क्षेत्रमानै व्यवस्थापन गरिएको छ । कुहिने वस्तुसहितको फोहरलाई ओखलढुङ्गा र नकुहीने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडाँै पठाइएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

१२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा सङ्कलन भएको फोहर पठाइएको प्रमुख भट्टराईको भनाइ छ । उहाँका अनुसार वैशाख १ गतेबाट शुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले