जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेर सरकार भ्रष्टाचारलाई संस्थागत गर्दैछ: कांग्रेस नेता पौडेल

८ बैशाख २०७६, आईतवार ००:२१ मा प्रकाशित

बुटवल, ७ वैशाख । नेपाली कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलले भ्रष्टाचारलाई संस्थागत गर्न वर्तमान सरकारले जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेको बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता पौडेलले विकासको नाममा ठूला सपना देखाएर त्यसकै आडमा भ्रष्टाचारलाई संस्थागत गरिरहेको आरोप लगाए। वाइडबडी काण्ड र बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण जस्ता काण्डमा आफ्ना मन्त्री र नेताले गरेका भ्रष्टाचारलाई ढाकछोप गर्ने अभियानमा सरकार लागेको नेता पौडेलको आरोप थियो ।

नेता रामचन्द्र पौडेलले भेलालाई सम्बोधन गर्दै भने, ‘जनतालाई भुलभुलैयामा पारेर प्रधानमन्त्री स्वयम्ले वाइडबडी काण्डमा तत्कालिन पर्यटन मन्त्री रबीन्द्र अधिकारीलाइ चोख्याउन खोजेको छ । जनताको सेन्टिमेन्ट बटुलेर घटना सामसुम पार्न अधिकारीको निधन भएको केही दिनमै प्रधानमन्त्रीले उनी निर्दोष भएको अभिव्यक्ति दिएका छन् ।’

त्यस्तै भुमाफियाको मिलेमतोमा सरकारी जग्गा हत्याउने एउटा पार्टीको महासचिवलाई चोख्याउन सरकारका सञ्चार मन्त्रीले उनी निर्दोष भएको र उल्टै ठगिएको भनेर अभिब्यक्ति दिनु नेपालकै इतिहासमा लाजमर्दो घटना भएको नेता पौडेलले बताए। नेकपा महासचिव पौडेलले भुमाफियाहरु मार्फत पार्टीलाइ करोडौं चन्दा सहयोग गराई सरकारी जग्गा हत्याएको भन्दै नेता पौडेलले त्यसको निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने बताए ।

बरिष्ठ नेता पौडेलले भने, ‘ठूला र महत्वाकांक्षी योजनाहरुको नाममा करोडौं रकम आफ्ना आसेपासेलाई बाँडेको तर जनताले स्वस्थ पिउने पानी खान पाएका छैनन् । तर प्रधानमन्त्री ओलीलाई जनताका ती आधारभूत आवश्यकताप्रति चासै छैन । चीनबाट रेल र भारतबाट पानीजहाज ल्याउँछौं भन्दै डिपिआरका नाममा करोडौ रकम सिध्याउनु हुन्छ ।’

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कम्युनिष्ट सरकारको अधिनायकबाद बिरुद्ध लडन पार्टीलाइ बलियो बनाएर अगाडि बढनुपर्ने खाँचो औल्याए।
त्यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओली नियन्त्रित शासन प्रणालीको पक्षमा रहेको बताए। उनले सभामुख पनि सत्ताको छायामुनी दबिँदा संसदका कामकारबाही समेत प्रभावकारी र निष्पक्ष हुन नसकेको बताए।

युवा नेता गगन थापाले बर्तमान सरकारबाट संविधान र लोकतन्त्रमाथि ठूलो खतरा रहेको औल्याए। सर्वोच्च अदालत, अख्तियार, लगायत संवैधानिक अगंहरु सरकारसंग डराउनु पर्ने अवस्था सृजना गरेर अधिनायकबाद लादन खोजेको उनको भनाइ थियो।

नेता थापाले भने, ‘यही जिल्लाका सांसद बिचरा बिष्णु पौडेल भुमाफियाबाट ठगिनु भएछ। बालुवाटार किन्दा ठगिएकै भएर होला बिचरा उहाँले पशुपति भने किन्न भ्याउनु भएको रहेन छ ।’

कार्यक्रममा केन्द्रीय सदस्य बद्री पाण्डे, हरी नेपाल लगायतका नेताहरुले सरकार दुई तिहाइको दम्भमा अधिनायकबादको बाटोमा हिडेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति