प्रतिष्ठित हास्यव्यङ्ग्यकार महजोडीलाई वसुन्धराश्री पुरस्कार

७ बैशाख २०७६, शनिबार १०:५४ मा प्रकाशित

काठमाडौैँ, ७ वैशाख । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै कलाकार एवं हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित रु ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सन्नी लियोन को अवतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र

काठमाडौं । भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के