सरकार, भाषण होइन, काम गरेर देखाउ: पूर्व अर्थमन्त्री महत

६ बैशाख २०७६, शुक्रबार २३:२७ मा प्रकाशित

चितवन, ६ वैशाख । पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा र सुन्दर योजना त आउँलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।” सङ्घीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनु पर्ने बताउँदै उहाँले लगानीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो ।

विकास निर्माणलाई राजनीतिक विवादमा ल्याउन नहुने बताउँदै उहाँले भन्नुभयो, “अब भाषण होइन, काम गरेर देखाउने समय आएको छ ।”सांसद विनोद चौधरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेललगायतका सहभागी व्यवसायी र नीति निर्माताले सो कार्यक्रममा बोल्नुभएको थियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सो प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले यो प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रको बारेमा प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड