महिला क्रिकेट: एपिएफ क्लब सेमिफाइनलमा

६ बैशाख २०७६, शुक्रबार २३:२० मा प्रकाशित

लमही, ६ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको लमही क्रिकेट मैदानमा भएको महिला क्रिकेटमा एफिएफ क्लबले प्रदेश ३ लाई नौ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

पहिला ब्याटिङ रोजेको प्रदेश ३ ले १५ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै ३४ रन बनायो । उसका कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ एपिएफकी रितुकुमारी कनौजियाले चार ओभरमा एक मेडन राखि सात रन खर्चेर चार विकेट लिइन् । करुणा भण्डारी र सरिता मगरले दुई–दुई विकेट लिइन् ।

पैँतिस रनको विजय लक्ष्य एपिएफले पाँच दशमलव दुई ओभरमा एक विकेटको क्षतिमा पुरा ग¥यो । एपिएफका कप्तान सरिता मगरले अविजित १७ तथा इन्दु बर्माले अविजित १४ रन बनाइन् । बलिङतर्फ प्रदेश ३ की गीताकुमारी शाहीले एक विकेट लिइन् । खेलको ‘वुमन अफ द म्याच’ एपिएफकी रितुकुमारी कनौजिया घोषित भइन् ।

यस्तै प्रदेश ५ ले गण्डकी प्रदेशलाई १०१ रनले हरायो । प्रदेश ५ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६९ रन जोड्यो । नेरी थापाले अविजित ६७ रन, सरस्वती पुनले ३७ र सरस्वती जिएमले १७ रन जोडिन् । बलिङतर्फ गण्डकी प्रदेशकी सृष्टि पौडेलले दुई तथा निशा लामिछाने र शिला रेग्मीले एक÷एक विकेट लिइन् ।

एक सय ७० रनको लक्ष्य लिएको गण्डकी प्रदेशले आठ विकेट गुमाएर ६८ रन बनायो । धन छन्त्यालले १४ तथा सृष्टि पौडेलले १० रन जोडिन् । बलिङतर्फ प्रदेश ५ की लक्ष्मी चौधरी र सरस्वती पुनले दुई÷दुई विकेट लिइन् । शर्मिला रोका, कृतिका मरस्मी र मनिशा रानाले एक–एक विकेट लिए । खेलको ‘वुमन अफ द म्याच’ प्रदेश ५ की नेरी थापा भइन् । शनिबार प्रदेश १ र गण्डकी प्रदेशबीच तथा अर्को प्रदेश २ र प्रदेश ५ का बीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार