दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त

६ बैशाख २०७६, शुक्रबार २३:०२ मा प्रकाशित

काठमाडौँ, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गर्नुभएको छ । शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उहाँले पाँच जनालाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौँका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको