नेपालमा खाद्य सम्प्रभूतासम्बन्धी कानून कार्यान्वयन आवश्यक: एम्नेस्टी इन्टरनेसनल

६ बैशाख २०७६, शुक्रबार २३:०० मा प्रकाशित

काठमाडौँ, ६ वैशाख । एम्नेस्टी इन्टरनेसनल नेपालले जनतालाई खाद्य असुरक्षाबाट मुक्त गर्न भर्खरै लागू भएको खाद्य अधिकारसम्बन्धी नयाँ कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ । एम्नेस्टीले नेपालको नयाँ खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी कानूनको विश्लेषणसहित आगामी दिनमा सरकारले चाल्नुपर्ने कदम समेटिएको सुझावपत्र आज कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाललाई बुझाएको छ ।

सुझाव पत्रमा नेपाल सरकारले आफ्ना जनतालाई भोक, कुपोषण तथा खाद्य असुरक्षाबाट मुक्त राख्न खाद्य अधिकारसम्बन्धी नयाँ कानुनलाई सुदृढीकरण गर्दै कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ ।

‘नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐनको विश्लेषण’ नामक सुझाव पत्रले उक्त कानुन प्रभावकारी हुनका लागि यसको संशोधन जरुरी रहेको औँल्याएको छ । ऐनका प्रावधान कार्यान्वयनका लागि आवश्यक नियम तथा नियमावली जतिसक्दो छिटो तर्जुमा गर्न पनि सुझाव दिइएको छ । नेपालका करिब आधा घरपरिवारले खाद्य असुरक्षाको समस्या भोग्दै आएका र दश प्रतिशतले ‘गम्भीर खाद्य असुरक्षा’ झेल्दै आएका एम्नेस्टी नेपालले जनाएको छ । त्यसैगरी पाँच वर्ष मुनिका बालबालिकामध्ये आधालाई रक्तअल्पताको समस्या छ भने एकतिहाई भन्दा बढीले शारीरिक विकास अवरुद्धको समस्या भोगेका छन् ।

सन् २०२५ सम्म ‘शुन्य भोक’ को लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, २०७५ जारी गरिसकेको छ । एम्नेस्टी नेपालका अध्यक्ष बिक्रम ढुकुछु तथा जुरी नेपाल र आत्मनिर्भर केन्द्रका प्रतिनिधिसहितको एक टोलीले उक्त सुझावपत्र मन्त्री खनाललाई बुझाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै