सरकारको एक वर्ष निराशाजनक : सभापति देउवा

६ बैशाख २०७६, शुक्रबार २२:५६ मा प्रकाशित

पोखरा, ६ वैशाख । नेपाली कङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्ष निराशाजनक भएको बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ सार्दीखोलामा निर्मित बिपी स्मृति भवनको आज उद्घाटन गर्दै उहाँले सरकार गठनको एक वर्ष देशमा महङ्गी भ्रष्टाचार, अशान्ति र अराजकता बढेको आरोप लगाउनुभयो ।

सभापति देउवाले बालुवाटार जग्गा विवादबारे स्पष्ट छानविन हुनुपर्ने बताउँदै सरकारी जग्गा किनबेच गर्नेलाई काङ्ग्रेसले नछोड्ने चेतावनी दिनुभयो । “बालुवाटारको जग्गा किनबेच भएको सुनिरहेको छु, यो कसैले किन्न बेच्न मिल्ने जग्गा होइन”, उहाँले भन्नुभयो, “गल्ती कहाँबाट भएको छ छानविन हुनुपर्छ, गल्ती गर्नेलाई काङ्ग्रेसले छोड्दैन ।” सरकारको मनोमानी, संवैधानिक निकायमाथिको नियन्त्रण, प्रेसमाथिको नियन्त्रण लगायतका विरुद्धमा लाग्नुपर्ने धारणा राख्दै उहाँले पार्टी एकताबद्ध भएर सरकारका गलत कामको विरुद्ध लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले काङ्ग्रेस एकताबद्ध बन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य धनराज गुरुङले बढ्दो महङ्गी, अराजकता आदिका कारण नेपाली जनता आक्रान्त बनेको बताउँदै नेपाली जनताका हरेक समस्या समाधानमा काङ्ग्रेसले सधँै हातेमालो गर्दै आएको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, महिला नेत्री टेकनशोभा गुरुङ, गणेश आचार्य, माधव आचार्यलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । काङ्ग्रेसको वडा एकाइ कार्यालयको भवन बनाउनेमा सार्दीखोला वडा एकाइ नेपालमा नै पहिलो बनेको छ । करीब रु ९० लाखको लागतमा भवन निर्माण भएको वडा सभापति गुञ्जमान गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत