पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न राष्ट्रपति भण्डारी चीन जाँदै

६ बैशाख २०७६, शुक्रबार १६:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा भण्डारीले चीनको ९ दिने राजकीय भ्रमण गर्ने जनाएको छ ।

बेइजिङमा भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभको दोस्रो शिखर सम्मेलनमा भाग लिने र सम्बोधन गर्ने कार्यक्रम छ । उनी राष्ट्रपति सीले आयोजना गरेको भोजमा पनि सहभागी हुनेछन् । बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ । चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ ।

राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ । सियानमा उनले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्नेछन् । सियान भ्रमण सकेर बेइजिङ जाने छन् । त्यहाँ उनी बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछिन् ।

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

‘दुई राष्ट्रपतिको भेटमा तीन वर्षअघि भएको नेपाल(चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने । यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए । उक्त प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने छ ।

राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङनजिकै सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने छिन् । बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा हुँदै वैशाख १९ गते स्वदेश फर्किने छिन् ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडललगायत अधिकारीहरू चीन जाने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको