पैसा तिरेपछि सम्झनाले सबै देखाइदिने

१६ श्रावण २०६९, मंगलवार २२:३१ मा प्रकाशित

‘देखाइदिन्छु सबै कुरा पैसा तिरेपछि

जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राति

गाला मेरो फुटेको छैन अलिकति चर्को हो साथी

आंखा झिमिक्कै माल सामान गायब…’

हुन त यो चलचित्र ‘लक’को गीत हो । तर, चलचित्रको नामभन्दा पनि यो गीतले चर्चा पायो बजारमा । चलचित्र चलेर उत्रिसक्दा पनि यो गीतले गरम बनाएको बजार अझै सेलाएको छैन । यता थुपै्र सिनेमा खेल्दा पनि चर्चा कमाउन नसक्ने अनि नाम पनि त्यति बजारमा ल्याउन नसक्ने कलाकारहरूलाई पनि प्रस्तुत ‘आइटम डान्स’मा डान्स गर्ने सम्झना प्याकुरेल उदाहरण नै बनिन् । उनी यही एउटा गीतबाट चर्चामा आएकी छिन् यतिबेला ।

जब यो गीत विभिन्न टेलिभिजन च्यानलहरूमा प्रतिबन्ध भयो तब यो गीतप्रति चासो राख्नेहरूको सङ्ख्या बढेपछि निर्देशक ऋषि न्यौपानेले चलचित्र ‘लक’को रिलिज पनि गरिहाले । ‘हामीले दर्शकहरूको भावना बुझेर नै रिलिज ग¥यौं चांडो । चलचित्रले परिणाम पनि रामै्र निकाल्यो,’ निर्देशक न्यौपाने भन्छन् । एउटै गीतबाट चर्चामा आएकोमा सम्झना पनि कम गद्गद् छैनन् । तर, यो गीतलाई विभिन्न कोणबाट हेरिदिएर गलत अर्थ लगाउनेहरूप्रति पनि उनको चित्त दुखाइ छ । उनले भनिन्, ‘हामीले शब्दलाई साङ्केतिक रूपले प्रस्तुत गरेका छौं । तर व्याख्या भने सीधै गरियो । म बारमा डान्स गर्ने युवती हुं । त्यहां खलनायकहरूले सामान लुकाएका हुन्छन् र त्यो सामान मैले देखेकी हुन्छु । सबै कुरा देखाइदिन्छु पैसा तिरेपछि भनेर प्रहरीलाई गीतमार्फत जानकारी दिन खोजिएको छ । यहां त शरीर देखाउने कुरा पो आयो,’ उनले बेलिविस्तार लगाइन् ।

सुरुमा त सम्झनाले पनि सोचेकी थिइनन् कि यो गीतले यस्तो हंगामा गर्ला भनेर । ‘नसोचेकोे भयो,’ उनी दङ्ग पनि छिन् । तर, बजारमा हिंड्दा दर्शकले ‘पैसा तिरेपछि सबै कुरा देखाइदिने हो…’ भनेर जिस्क्याउंदा भने उनको चित्त दुःखेको रहेछ । उनले भनिन्, ‘यो आइटम गीतमा नाचेपछि चर्चा त पाइयो तर पछिसम्म गलत छाप पर्ला कि भन्ने चिन्ता भने लागेको छ । म दर्शकहरूलाई मैले नाचेको गीतलाई गलत अर्थले नबुझिदिन अनुरोध गर्दछु ।’ कलाकार भएपछि हरेक भूमिकामा सहज प्रस्तुत हुन सक्नुपर्छ भन्ने मान्यता उनको छ । सम्झनाले थपिन्, ‘अब भने म आइटमतिरभन्दा पनि नायिकाको भूमिकातिरै बढी जोड दिन्छु । आइटमले छोटो समयमा नै चर्चा त पाउंछ तर त्यो दिगो हुंदैन रहेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित