संसदीय समितिको निर्देशन मान्दा बोर्डका पर्यटन सिइओ चेपुवामा

६ बैशाख २०७६, शुक्रबार १५:३८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख । नेपाल पर्यटन बोर्डले पदयात्री सूचना प्रणाली (टिम्स) वापतको रकम संसदीय समितिको आदेश अनुसार रोक्का भएको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले ५ वर्ष अघि संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति र लेखा समितिले बेरुजु फर्छ्यौट नभई निकासा नदिन भनेपछि पदयात्रीमार्फत उठाईएको रकम रोकिएको जानकारी दिए ।

उनले ५ वर्षदेखीको बेरुजु के कति भनेर हिसाब निकाल्ने प्रयास गरेको दाबी पनि गरेका छन् । ‘म आएदेखी यो कामका लागी पहल गरिरहेको छु’ उनले भने, ‘म एक्लैले गरेर हुने काम होईन ।’

सिइओ जोशीले यो गाँठो फुकाउन आयने हप्ता पर्यटन मन्त्रालयका सचिव, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का प्रतिनिधि र बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सदस्यहरु सहित मिटिङ राख्ने बताए । उनले आफू बोर्डमा आएपछि एकपटक १ करोड ८८ लाख र अर्को पटक १ करोड २५ लाख पेश्की पास गराएर मृत्यु भएका पदयात्रा मजदूरका आफन्तलाई टानकै रोहबरमा वितरण गरिएको बताए ।

तर टानका अध्यक्ष नवराज दाहालले भने संसदबाट रोकिएको जानकारी आफूहरुलाई बोर्डले नदिएको बताएका छन् । उनले बोर्ड र टानको बेरुजु कति हो भनेर निकाल्न बोर्डले पहल गर्नुपर्ने बताए । बेरुजु व्यवस्थापनका लागी बोर्डका सदस्य कृष्ण अर्यालको संयोजकत्वमा समिति बनेको थियो । यो समितिमा टानका अध्यक्षलाई सदस्य सचिव राखिएको थियो । दाहालका अनुसार अहिलेसम्म बैठक नै बसेको छैन । अहिले बोर्डका सदस्य एवम् समितिका संयोजक अर्यालको पदावधि सकिसकेको छ । त्यसपछि कुनै समिति बन्न सकेको छैन ।

टानका अध्यक्ष दाहालले बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गरेर जाने व्यवसायीले आग्रह पूर्वाग्रह राखेर काम गरेका कारण समस्या बल्झिएको आरोप लगाए । बोर्डले चाहेको भए यो समस्या उहिल्यै सुल्झिसक्ने भन्दै उनले बोर्डले काम गर्न नसक्दा आफूहरुले दुख पाएको गुनासो गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार