वाइडबडीको किस्ता तिर्नै छोड्यो वायुसेवा निगम

६ बैशाख २०७६, शुक्रबार १४:२४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न छाडेको छ । टाट पल्टिएको भन्दै विमान किन्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जमानी बसेको ऋण निगमले तिर्न नसेकेको हो । यस विषयमा नागरिक उड्ययन मन्त्रालयले निगम र दुबै कोषका अधिकारीलाई बोलाएर छलफल पनि गरिसकेको छ ।

छलफमा निगमका अधिकारीहरुले किस्ता तिर्न नसक्ने र उल्टै २० अर्ब रुपैयाँ अनुदान नदिए संस्था उठ्नै नसक्ने गरी थला पर्ने भन्दै अत्याएका छन् । निगमले कर्मचारी सञ्चय कोषको पुस महिनाको र नागरिक लगानी कोषको चैत्र महिनाको किस्ता बुझाएन । निगमले ऋणको किस्ताबापत ४१ करोड र न्यारोबडीको ३४ करोड कस्ता बुझाउन बाँकी छ ।

निगमले सञ्चय कोषलाई तिर्न बाँकी किस्ताको बक्यौता रकम १ अर्ब १२ करोड र नागरिक लगानी कोषको ४१ करोडबढी किस्ता पनि तिरेको छैन । निगमले दुवै कोषलाई किस्ता बापत तिर्नुपर्ने बक्यौता डेढ अर्ब नाघेको छ ।

मन्त्रालयले भने यो विषय मन्त्रीपरिषद् बाटै टुंगो लगाउनु पर्ने बताएको छ । निगमले पैसा तिर्न नसक्ने भनेपछि सरकारले घाटामा निगमलाई सञ्चालन गर्न नसकिने संकेत गरेको छ । निगमले अहिले १९ करोड मात्रै नगद रहेको भन्दै यो पैसा चलाए अप्ठेरो पर्दा समस्या हुने तर्क गरेको छ ।

निगमलाई कोषले सरकारको जमानीमा २०५४ सालदेखि ऋण दिँदै आएको छ । किस्ता रोकेपछि कोषले दुई जना चाटर्ड एकाउन्टेन्टलाई निगमको आय व्ययको वर्तमान अवस्था हेर्न पठाएका छन् । चाटर्ड एकाउन्टेन्टले केही दिनमै रिपोर्ट दिने र त्यसकै आधारमा के गर्ने भन्ने निर्णयमा पुगिने कोषले बताएका छन् ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएर दुई वटा वाइडबडी विमान किनेको थियो । त्यसमा अनियमिता भएको भन्दै अख्तियारले छानविन गरिरहेको छ । विमान ल्याएको १० महिना हुँदा पनि नयाँ गन्तव्यमा उडान गर्न सकेको छैन ।

विमान ल्याउनुअघि दक्षिण कोरिया, जपान, साउदी अरेबिया लगायतका नयाँ गन्तव्यमा उडान भर्ने भनेर प्रचार गरिएको थियो । तरअहिलेसम्म कुनै गन्तव्यमा पनि उडानको टुंगो लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

आजको प्रमुख समाचार