ओमन र नेपालबीच श्रम सम्झौता हुँदै

६ बैशाख २०७६, शुक्रबार १३:४२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख । नेपाल र ओमनबीच श्रम सम्झौता हुने भएको छ । श्रम समझदारी ‘एमओयु’ को मस्यौदा टुङ्गो लगाउन ओमनका प्रतिनिधि नेपाल आउने भएका छन् । नेपाल र ओमनबीच पहिलो पटक श्रम सम्झौता हुन लागेको हो ।

एमओयुको लागी पहिलो चरणको मस्यौदा आदानप्रदान भैसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । पहिलो चरणको भेटमा ओमन सरकार सकारात्मक भएकोले अबको भेटले एमओयुमा सहमति जुटाउने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । यसका लागी अप्रिल अन्तिम वा मे महिनाको पहिलो हप्तामा ओमनका श्रम तथा संशाधन अधिकारी नेपाल आउने छन् ।

यस अघि श्रम समझदारीबारे नेपाल र ओमनबिच माघ १३ र १४ गते पहिलो चरणको छलफल भएको थियो । श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार तथा सुरक्षाको ग्यारेन्टी प्रत्याभूत हुनेगरी एमओयु गर्ने मन्त्रालयको तयारी रहेको छ । न्यूनतम तलब सुविधा, अन्तराष्ट्रिय श्रम सिद्धान्त,शून्य लागतमा श्रमिक लैजानुपर्ने, भर्ना प्रक्रियामा पारदर्शी हुनुपर्ने लगाएतका विषयलाई एमओयुमा उठान गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।