भारतीय काँग्रेसकी प्रवक्ता प्रियङ्काद्धारा पार्टी परित्याग

६ बैशाख २०७६, शुक्रबार १३:०३ मा प्रकाशित

६ बैशाख । भारतीय काँग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीले पार्टी परित्याग गरेकी छिन् । आफूमाथि दुर्व्यवहार गर्ने उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाउँदै आएकी उनले पार्टी नै परित्याग गरेकी हुन् ।

उत्तर प्रदेशको मथुरा पुगेर सोही क्षेत्रबाट चुनाव लड्ने उद्घोष गर्दा पार्टीका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका थिए । त्यहाँबाट फर्केर यसबारे उनले पार्टी हाईकमाण्डमा उजुरी गरेपछि दुव्र्यबहार गर्ने कार्यकर्तालाई पार्टीले निलम्बन गरेको थियो । तर उनीहरुलाई फेरि पुनःस्थापित गरिएपछि उनले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् ।

प्रियङ्काले पार्टीका लागि रगत र पसिना बगाउने भन्दा ‘गुण्डा’हरुले प्राथमिकता पाउन थालेको भन्दै ट्वीट गरेकी थिइन् । शुक्रबार आफ्नो ट्वीटर ह्याण्डलबाट पार्टी प्रवक्ता हटाउँदै उनले पार्टी परित्याग गरिन् ।

भारतमा अहिले लोकसभाको निर्वाचन हुँदैछ । यस चुनाबबाट काङ्ग्रेसको उदय हुने आँकलन गरिएपनि प्रवक्ताले नै पार्टी परित्याग गरेपछि यो आँकलनमा धक्का पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार