युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ : काँग्रेस युवा नेता प्रदीप पौडेल

६ बैशाख २०७६, शुक्रबार १२:२९ मा प्रकाशित

तनहुँ, ६ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो ।

निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई आत्मनिर्भर बनाउन स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ ।”

देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गर्नुभयो ।

कमलाघाटमा शवदाह निर्माण गरिँदै

शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सेतीनदी किनारस्थित कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण कार्य शुरु भएको छ ।

सेती नदीको बहावले वर्षेनी नदी किनार कटान गर्दै लगेपछि दाहसंस्कार गर्न कठिनाई भोग्नुपरेका स्थानीयवासीले शवदाहस्थल निर्माण कार्य शुरु गरेका हुन् । नगरपालिका–४ का अध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिकाको रु २५ लाख र स्थानीयको रु २७ लाख गरी कूल रु ५२ लाखको लागतमा उक्त शवदाहस्थल निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

सेती नदीमा जाने बाटो नहुँदा शव लैजान असुविधा भएको थियो । उहाँले भन्नुभयो, “निर्माणाधीन शवदाहस्थल सम्पन्न पश्चात नगरपालिका वडा नं २, ३, ४ र ५ का करीब दुई हजार घरधुरीका मानिसले लाभ लिन सक्नेछन् । नदी कटान रोक्न जाली राख्ने, शव दहनपछि खरानी पखाल्न नाला निर्माण गर्ने, शवदाहस्थलमा दाउराको व्यवस्था गर्ने र मलामी बस्ने व्यवस्था मिलाइने छ ।”

अहिले दाउराबाट शव जलाउने व्यवस्था गरिए पनि भावी योजना विद्युतीय शवदाह बनाउने रहेको छ । निर्माणाधीन शवदाहको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेकोले अब एक डेढ महीनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी