चार दशक पुरानो ‘फेवा ताल ड्याम’

६ बैशाख २०७६, शुक्रबार १२:२५ मा प्रकाशित

निरोज कुमार थापा, पोखरा, ६ बैशाख । पोखराको फेवा ताल किनारलाई मुख्यतयः दुई नामले चिनिन्छ । तालको मुख्य भागको छेउलाई लेक साईड र ताल फुटाएर पानी लगेर जम्मा गरेर बनाईएको ड्यामको किनारलाई ड्याम साईड । लेक साईड होटल तथा पसलहरुले भरिएको छ भने ड्याम साइडमा सरकारी कार्यालयहरु छन् ।

अहिले भएको ड्याम २०३२ सालमा तालको पानी जम्मा गरेर निर्माण गरिएको हो । ४३ वर्षअघि निर्माण भएको यो ड्याममा त्यतिबेला जुन गुणस्तरका सामान प्रयोग गरिएका थिए अहिले पनि त्यसकै भरमा छ । पहिला बनाईएको बाध २०२८ सालमा भत्किएको थियो । त्यसपछि ४ वर्षपछि निर्माण भएको अहिलेको ड्याम मर्मतसम्म पनि भएको छैन ।

पोखरामै जन्मिएर होटल, ट्राभल, ट्रेकिङ र रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका हरि भुजेल २०७२ सालको भूकम्पपछि ड्याममा के कति क्षति पुगेको छ भनेर कुनैपनि निकायले सर्वेक्षण गरेको आफूहरुलाई थाहा नभएको बताउछन् । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष समेत रहेका उनले यो ड्यामको आयु कति छ भनेर सम्बन्धित निकायले कहिल्यै जानकारी नदिएको बताए ।

अहिले फेवातालबाट धमाधम माटो निकाल्ने काम भईरहेको छ । पोखरा महानगरपालिकाले ताल आसपासका खोला र खोल्साबाट बगेर आउने ढुंगामाटो रोक्न सिल्ट र चेक ड्याम बनाउने तयारी रहेको जनाएको छ । यसका लागी केही दिनमै ४७ करोडको टेन्डर आह्वान गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिएका छन् ।

यद्यपी नजिकका स्थानीयबासी र वुद्धिजीविले भने खाल्डो बढाउनु भनेको अहिलेको ड्याममा पानीको चाप बढाउनु भएको भन्दै महानगरको यो कामको आलोचना गरेका छन् । स्थानीय भरत भुजेल ४ दशक पुरानो ड्याम भत्किएमा हजारौ नागरिकको मृत्यु हुने र लाखौ घरबार विहिन हुने स्थिती आउन सक्ने भन्दै पहिला ड्यामको क्षमता यकिन गर्नुपर्ने बताउछन् । उनी भन्छन् “प्रकृतिको त आयु हुन्छ, यो त मान्छेले तालको पानी निकालेर बनाएको न हो, कुन दिन फुट्छ के थाहा ?”

महानगरले भने इन्जिनियरले अध्ययन गरेरै ड्यामलाई सुरक्षित राख्न पहिला ताल भित्रको माटो निकाल्ने काम भएको बताएको छ ।

ड्याम वरपरका बस्तीमा तालको पानी एकदिन फुटेर बस्तीमा पस्छ भन्ने त्रास छ । डेभिल्स फल्स क्षेत्रका बासिन्दा सरकारी निकायले यसको आयु कति छ भनेर सूचना नदिएका कारण आफूहरु त्रासमा बस्नुपरेको दुखेसो गर्छन् । “सबैले पूरानो भो अब त धेरै टिक्दैन भन्छन्, कुन दिन बगाउने हो भन्ने लाग्छ” स्थानीय लालबहादुर गुरुङ भन्छन्, “मैले थाहा पाएदेखी यतिकै छ, ३ वर्षजति भयो जो पनि फुट्छ मात्रै भन्छन । फुट्यो भने त लास पनि भेटिदैन ।”

यदि तालको ड्याम फुटेमा महानगरको १७ नम्बर वडा डेभिल्स फल्स, दोभिल्ला सहितका क्षेत्रमा रहेका घना मानव बस्तीमा ठूलो क्षति पुग्ने स्थानीयको त्रास छ । कोत्रे, दुलेगौडा, भिमाद बजार, दमौली लगायतका क्षेत्रमा पानीको बहाबले क्षति गर्न सक्ने भन्दै अहिलेदेखी नै सतर्कता अपनाउनुपर्ने उनीहरुको बुझाई छ । विपत्ति आउनुभन्दा अगाडी नै यसको विषयमा सोचिदिन उनीहरुले सम्बन्धित निकायलाई अपिल पनि गरेका छन् ।

नेपालमा कुनैपनि संरचना नभत्किउनजेल त्यसको क्षमता र वर्तमान अवस्थाका विषयमा नसोच्ने परिपाटीप्रति दुख व्यक्त गर्दै पोखराका स्थानीयले ड्याम फुटेमा देवघाट र नारायणघाटसम्म असर गर्न सक्ने भन्दै सचेतना अपनाउनु बुद्धिमानी हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार