वाणिज्य मन्त्री मातृका यादवद्वारा नेपालमा लगानी गर्न आग्रह

६ बैशाख २०७६, शुक्रबार १२:१६ मा प्रकाशित

काठमाडौँ, ६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भएको द्विपक्षीय भेटका क्रममा लगानी गर्न आग्रह गर्नुभएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले सोमबार गरेको भेटका क्रममा नेपालले लगानी प्रवद्र्धन गर्न गरेको नीतिगत एंव संस्थागत व्यवस्थाका बारेसमेत छलफल भएको राजदूतावासद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भेटमा तीनै टोलीका मन्त्रीले सहकार्यमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको