किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ झन्डालाई सगरमाथामा फहराउने

६ बैशाख २०७६, शुक्रबार १२:१३ मा प्रकाशित

काठमाडौँ, ६ वैशाख । मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् ।

१३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौँ) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगीले देशैभरीका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने कुनै पनि गाउँठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलालगायतका कुनै एक विषयवस्तुमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो बनाउन सक्नेछन् । कुनै व्यक्ति समूह वा संस्थाले फरक फरक विषयवस्तुमा केन्द्रित रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान छ । गत जानवरी १ देखि शुरु भएको प्रतियोगिता ३१ मे २०१९ सम्म चल्नेछ ।

देशैभरिबाट भिडियो सङ्कलनार्थ यस फाउण्डेशनले काठमाडौँ, हेटौँडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, विरगञ्ज, जनकपुर, इटहरी, विर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी सातै प्रदेशका १६ ठाउँमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रमको आयोजनासमेत गरिसकेको छ ।

राष्ट्रियसभाका सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीइओ दीपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्वराष्ट्रिय फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सांसद कोमल ओलीले नेपालका गाउँठाउँलाई विश्वभर परिचित गराउन यो अभियान अत्यन्तै सान्र्दभिक एवं समय सापेक्ष रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न सबैमा अपिल गर्नुभयो ।

भ्रमण वर्ष २०२० का संयोजक वैद्यले यो अभियानको अवधारणा नै उत्कृष्ट रहेकाले भ्रमण वर्ष २०२० पनि यो अभियानसँग जोडिएकाले यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वि विल राइज फाउन्डेसनका अप्रेशन निर्देशक अनुप के बरालले भिडियो च्यालेन्ज अभियानले आफ्नो ठाउँको विशेष पहिचानलाई बाहिर ल्याउन सहयोग गर्ने भन्दै अहिलेसम्मको सहभगिताले आफूहरु उत्साहित भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।