पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

५ बैशाख २०७६, बिहीबार २३:२७ मा प्रकाशित

क्वेटा, पाकिस्तान, ५ बैशाख (एएफपी) – पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् ।

अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए ।

आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बन्दुकधारीहरुले गुडिरहेको बसलाई रोके, त्यसपछि बस भित्रका यात्रुलाई बाहिर निकालेर गोली हानी १४ जनाको हत्या गरे ।”

उहाँका अनुसार ओर्माराबाट कराँचीतर्फ गइरहेका बसहरु मकरान तटीय राजमार्गमा रोकेर यात्रुको हत्या गरिएको हो ।

घटनामा बारेमा कसैले जिम्मा नलिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस प्रान्तको राजधानी क्वेटामा गत साता भएको आत्मघाती हमलामा २० जना मारिएका थिए ।

बलुचिस्तान अफगानिस्तान र इरानसँग सीमा जोडिएको पाकिस्तानी प्रान्त हो । यस प्रान्तमा पाकिस्तानभरीकै सबैभन्दा धेरै गरिबी, विभिन्न जातिको बसोबास भएको र सबैभन्दा ठूलो प्रान्त हो ।

बलुचिस्तानका मुख्यमन्त्री जाम कमालले घटनाको निन्दा गर्दै मारिएका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको