नेपालले विश्वकप सन् २०२० को यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर गुमायो

५ बैशाख २०७६, बिहीबार २३:०५ मा प्रकाशित

काठमाडौँ, ५ वैशाख । नेपालले सन् २०२० को यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर गुमाएको छ । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एकदिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटमा संयुक्त अरब इमिरेट्स(युएई)ले ओमानलाई १० विकेटले हराएपछि नेपाल विश्वकपबाट वञ्चित भएको हो ।

युएईसँगको खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल एक रनले पराजित भएका कारण यू–१९ विश्वकप गुमाएको हो । आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई १५० रनले पराजित गरेको छ । सो प्रतियोगिताका लागि युएई छनोट भएको छ । आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले हरायो । क्वालालम्पुरस्थित किन्नरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

नेपालको तर्फबाट रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । रितले ६२ तथा पवनले ५३ रन बनाए । आसिफ शेखले अविजित ३३ रन बनाए । बलिङतर्फ कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक-एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले १९ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

कुवेतका लागि नोमन बुन्द्रो ७० रन बनाए । गोकुल कुमारले ३६, हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहितकुमार पौडेलले तीन विकेट लिए । कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले दुई-दुई विकेट लिए । नेपाल प्रतियोगिताको दोस्रो स्थान रह्यो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले, दोस्रो खेलमा युएईलाई एक रनले तथा तेस्रो खेलमा मलेसियालाई आठ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति