सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम अनुमोदित

५ बैशाख २०७६, बिहीबार २३:०० मा प्रकाशित

काठमाडौँ, ५ वैशाख । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम आज सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा बसेको सुनुवाइ समितिले अदालतका लागि प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो । ढुङ्गाना र माथेमा उच्च अदालतमा मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने बाँकी कानूनी व्यवसायी हुनुहुन्छ ।

उहाँहरुविरुद्ध पाँच पाँच उजुरी परेको थियो । उजुरीका विषयमा प्रस्तावित न्यायाधीशले न्यायलाई छिटो र सुलभ बनाउन प्रयत्न गर्ने, आचारसंहिताको पालना गर्ने र अदालतको रणनीतिक योजनानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । न्यायपरिषद्को सिफारिशमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने र पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले