दुई साहित्यकारको विवाह: दुई कृति लोकार्पण

५ बैशाख २०७६, बिहीबार २२:५४ मा प्रकाशित

काठमाडौँ, ५ वैशाख । कवि भैरवी ढुङ्गाना र कवि बलराम दाहालबीच आज साहित्यिक विवाह सम्पन्न भएको छ । नुवाकोटकी ढुङ्गानाको कवितासङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कवितासङ्ग्रह विमोचनसँगै दुवै विवाहबन्धनमा बाँधिनुभयो ।
कृतिको लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पुर्याएको बताउनुभयो । “विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन”, उहाँले भन्नुभयो । उहाँले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकामा बधाईसमेत दिनुभयो ।
तेह्र वर्षअघि एक साहित्यिक जमघटमा भएको भेटघाटले आज विवाहसम्मको स्थितिमा पुगेको कवि ढुङ्गानाले बताउनुभयो । “त्यो भेटघाट आज विवाहसम्मको स्थितिमा पुग्ला भनेर कल्पना समेत गरेको थिइन”, उहाँले भन्नुभयो । कवि दाहालले आफ्नो भाग्यमा लेखिएको कुरा केही गरे पनि नमेटिने बताउनुभयो ।
‘अस्वीकृत शालीनता’माथि समीक्षा गर्दै समालोचक डा शैलेन्द्रप्रकाश नेपालले कविको कविताले जीवनभरका लागि सम्भावनाको सङ्केत बोकेको बताउनुभयो । ‘भाडा नलाग्ने कोठा’को समालोचना गर्दै समालोचक प्रभाती किरणले फरक आयाम र फरक विषयका पद्य कवितालाई कविले रचनात्मक ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो ।
सर्वनाम थिएटरका प्रमुख अशेष मल्लले दुवै जनाको आँट र कृतिप्रतिको लगनशीलतासँगै नयाँ जीवन र उज्वल भविष्यको कामना गर्नुभयो । त्रिवेणी वाङ्मय प्रतिष्ठानको आयोजना र सर्वनाम थिएटरको संयोजनमा उहाँहरुको विवाह भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति