पोखरामा सार्वजनिक बसमा यात्रा गर्दा विद्युतीय टिकट, कसरी तिर्ने भाडा ?

५ बैशाख २०७६, बिहीबार १८:५४ मा प्रकाशित

निरोज कुमार थापा, पोखरा, ५ बैशाख । पोखरा महानगरले १ महिना भित्र सार्वजनिक यातायातका साधनमा विद्युतीय टिकट प्रयोगमा ल्याउने तयारि गरेको छ । यात्रुहरुलाई सहज सेवा प्रदान गर्न यो व्यबस्था गर्न लागिएको महानगरले जनाएको छ ।

पहिलो चरणमा ८ सय वटा बसमा यो व्यबस्था गर्न पोखरा महानगरपालिका, पोखराका बस व्यवसायी संघ र एनक्लाउड कम्पनीबीच सहमति भएको छ ।

विद्युतीय टिकेटिङ प्रबिधि जडान सम्बन्धि आबश्यकिय प्राविधिक डिभाइसहरुको ब्यबस्था एनक्लाउड कम्पनीले गर्नेछ । कम्पनीले उपलब्ध गराएको ई टिकेटिङ प्रविधि बस व्यवसायीले ४ बर्ष सम्म प्रयोग गर्नुपर्नेछ । कम्पनीले सह चालकलाइ विद्युतीय टिकटको प्रयोगको लागि तालिम पनि दिने जनाएको छ ।

इ टिकेटिङ सुबिधा लिनको लागि यात्रुहरुले स्मार्ट कार्ड बनाउनु पर्नेछ । एक सय ४० मुल्य लाग्ने कार्डमा १ हजार रुपैँयासम्म रिचार्ज गर्न मिल्नेछ । बस चढेपछि यात्रुले उक्त कार्ड बसमा भएको डिभाइसमा हालेर आफु पुग्नुपर्ने लोकेशन जिपिएस मार्फत पक्का गरेपछि तोकिएको भाडा ब्यबसायिहरुको नेपाल बैकमा रहेको खातामा ट्रान्सफर हुनेछ । तेश्रो पक्षले टिकट प्रिन्टको लागि पेपर रोलको पनि ब्यवस्था गर्नु पर्ने छ ।

पहिलो महिना यात्रुहरुलाई स्मार्ट कार्ड नि शुल्क बितरण गर्ने तयारि महानगरले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३