चार आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

५ बैशाख २०७६, बिहीबार १७:५२ मा प्रकाशित

काठमाडौँ, ५ बैशाख ।  सरकारले पाँच वटा आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिने भएको छ । बैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा विद्युत र दुई वटा सिमेन्ट उद्योगलाई बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले बझाङको बुंगल नगरपालिकामा निर्माणाधीन १५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजना र ३८.४६० मेगावाटको माथिल्लो कालंगाड जलविद्युत आयोजनालाई राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।

यस्तै गोरखाको चुमनुब्री गाउँपालिकामा निर्माणाधीन ४.९८ मेगावाटको रिचेत खोला साना जलविद्युत आयोजनालाई पनि सरकारले बन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सरकारले सिन्धुलीको चुनढुंगा खानी उत्खनन् गर्न मारुती सिमेन्ट लिमिटेड र सत्य साई कोल उद्योग प्रालिलाई बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला