टेलिकमले फोरजी सेवालाई देशव्यापी बनाउने

५ बैशाख २०७६, बिहीबार १७:४६ मा प्रकाशित

निरोज कुमार थापा, ५ बैशाख, काठमाडौँ । नेपाल टेलिकमले व्यवसाय मात्रै नभई सेवालाई प्राथमिकता दिनुपर्ने आफूहरुको दायित्व भएको बताएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले आफ्नो व्यवसाय सञ्चालन मात्रै नगरी सेवालाई समेत प्राथमिकता दिँदै देशका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताएका छन् ।

फोरजी/एलटीई आयोजना, मध्य पहाडी लोकमार्गमा विछ्याउन लागेको अप्टिकल फाइबर र एफटीटीएच सेवा विस्तारका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको बताए ।

देशभर सातै प्रदेशमा सेवा विस्तारको लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ ।

नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् ।

सम्झौता अनुसार १२ महिनामा कार्य सम्पन्न गर्नको लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले बताएको छ । कम्पनीले नेपालमै पहिलो पटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर