बेरुजु फर्स्याेट: गृह मन्त्रालय अगाडी, सचिव र प्रहरी महानिरीक्षक सम्मानित

५ बैशाख २०७६, बिहीबार १६:४१ मा प्रकाशित

काठमाडौँ, ५ बैशाख । बेरुजु फर्स्योटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान गरिएको छ।

सचिव राई र महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार रुपैयाँ सहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सम्मान गर्दै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे।

यो कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाइ छ। गृहमन्त्री थापाले भने, ुविकास र समृद्धिको लक्ष्य सरकारले लिएको छ, यसका लागि सुशासन अनिवार्य भएकाले यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्छ।ु

गृह मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आव २०७३र७४ र आव २०७४र७५ मा ६३ दशमलव शुन्य तीन प्रतिशत रकम फर्स्योट गरेको छ । कूल चार अर्ब ३० करोड ९७ लाख रुपैयाँमध्ये दुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्स्योट भएको छ। यस्तै नेपाल प्रहरीको आव २०७३र७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख रुपैयाँ मध्ये ८५ दशमलव १४ प्रतिशत अर्थात् ५८ करोड २५ लाख रुपैयाँ बेरुजु फर्स्योट भएको छ।

बेरुजु फर्स्योट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फर्स्योटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्रानुसार उनीहरुलाई गृह मन्त्रालयले सम्मान गरेको हो ।
(रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार