आइपीएलमा दिल्ली र मुम्बइ भिड्दै, प्लेइङ ११ मा सन्दीपको सम्भावना कति ?

५ बैशाख २०७६, बिहीबार १५:३१ मा प्रकाशित

इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा बिहिबार दिल्ली क्यापिटल्स र मुम्बइ इन्डियन्स भिड्दैछन् । दिल्ली नेपाली लेग स्पेनर सन्दीप लामिछाने आवद्ध टिम हो । आजको खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा बेलुका ८ः१५ बजे सुरु हुनेछ ।

दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित निकालेको छ । सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको दिल्लीले कोलकता नाइट राइडर्समाथि ७ विकेट र रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ४ विकेटको जित निकालेको थियो । यी तीन मध्ये २ खेलमा सन्दीप बेञ्चमा रहेका थिए ।

मुम्बइले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकाल्दा पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको हार व्यहोरेको थियो । यस्तै किङ्स इलेभेन पन्जाबलाई ३ विकेटले हराएको थियो ।

दिल्ली ५ खेलमा जित र ३ मा हारको नतिजासहित ८ अंकका साथ लिगको दोस्रो स्थानमा छ । मुम्बइको समान खेल र नतिजासहित ८ अंक भए पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

आजको खेलमा पनि सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना न्युन छ । पछिल्ला खेलमा उनको प्रदर्शन महङ्गो सावित हुँदै गएपछि कप्तान श्रेयस ऐयरले दुई खेलमा उनलाई बेन्चमा राखेका थिए । सन्दीपले आफूले खेलेका ४ खेलमा ५ विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

आजको प्रमुख समाचार