पत्रकारद्धारा देशैभरका प्रशासन कार्यालयमा धर्ना

५ बैशाख २०७६, बिहीबार १२:२८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५, बैशाख । नेपाल पत्रकार महासंघको रुलिङमा देशैभरका पत्रकारहरु जिल्ला प्रशासन कार्यालय घेराउमा निस्किएका छन् ।

साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने मागसहित ७७ जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले बिहीबार एक घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्न दिएका हुन् । पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखकै आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएपछि उनलाई विनाशर्त रिहाइको माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।

पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेका गिरी अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ