सकियो पोखरा विमानस्थलको धावनमार्ग निर्माण

५ बैशाख २०७६, बिहीबार १०:३७ मा प्रकाशित

निरोजकुमार थापा, ५ बैशाख, पोखरा । पोखरा क्षेत्रीय विमानस्थलको धावनमर्ग निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको रन–वे तयार भएसँगै यो आयोजना तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने निश्चित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलको धावनमार्ग निर्माणको काम सकिएको हो । २ हजार ५ सय मिटर लामो धावन मार्गमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पोखरामा भने रन–वेमा ढलान गरिएको हो ।
सन् २०२१ को जुलाइमा निर्माण सक्ने सरकारी लक्ष्य भएपनि २०२०को डिसेम्बरभित्रै यो विमानस्थल सञ्चालनमा आउने विश्वास लिईएको छ । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निर्ब्र्याजी ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।

अहिले विमानस्थलको ट्याक्सी–वे निर्माणको काम भइरहेको छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको आयोजनाले जनाएको छ ।

इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तरार्ष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्दैछ । चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ । करिब २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको यो आयोजनाका लागी सरकारले २०३२ सालमै ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले