नेपालको पहिलो अन्तरिक्ष यान नासाको भर्जिनिया केन्द्रबाट सफलताका साथ् प्रक्षेपण

५ बैशाख २०७६, बिहीबार ०४:५७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ५ वैशाख । नेपाल पहिलो पटक ‘नेपाल स्याट-१’ प्रक्षेपण गरी अन्तरिक्षको दुनियाँमा सफलता साथ् पदार्पण गरेको छ । नेपालको पहिलो स्याटलाइट ‘नेपाल स्याट-१’ आज बुधबार वाशिंटन डिसीको स्थानिय समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र, (नासाको) भर्जिनिया केन्द्रबाट अन्तरिक्षमा सफलता साथ् प्रक्षेपण गरिएको हो । जापानमा अध्यनरत दुई नेपाली युवा बैज्ञानिक आभाष श्रेष्ठ र हरिराम श्रेष्ठले तयार पारेको ‘नेपाल स्याट-१’ अन्तरिक्ष यान बुधबार नेपाली राष्ट्रिय झन्डा सहित अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । जापानको अन्तरिक्ष अनुसन्धान केन्द्र, (जाक्सा) को प्राबिधिक सहयोगमा ‘नेपाल स्याट-१’ अन्तरिक्ष यान अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र, (नासाको) भर्जिनिया केन्द्रबाट प्रक्षेपण गरिएको हो । जापानको अन्तरिक्ष अनुसन्धान केन्द्र, (जाक्सा) र अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र, (नासाको) भर्जिनिया केन्द्र ‘नेपाल स्याट-१’ अन्तरिक्ष यान बुधबार वाशिंटन डिसीको स्थानिय समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा सफलता साथ् प्रक्षेपण गरेको पुष्टि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१