चिलीमा हवाई दुर्घटना, छ जना मारिए

४ बैशाख २०७६, बुधबार २२:१७ मा प्रकाशित

पुर्टोमोन्ट, ४ बैशाख (एएनआई) – चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ ।
चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ ।

पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त बिमान उड्नासाथ दुर्घटना भएको जानकारी दिनुभयो । बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

बिमानको ब्लाकबक्स भेटिए पनि दुर्घटनाको कारण खुलेको छैन । नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानबिन शुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको