वर्षापछि आएको घूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

४ बैशाख २०७६, बुधबार २२:१६ मा प्रकाशित

नयाँ दिल्ली, ४ वैशाख । भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ ।

त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं जिल्लाहरु यस आँधीका कारण प्रभावित भएका छन् ।

बेमौसमी वर्षा र आँधीको कारण मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नु भएको छ । प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्ति स्वरुप २ लाख भारु र घाइतेलाई ५० हजार भारु राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री मोदीले बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट