पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिमको घोषणा

४ बैशाख २०७६, बुधबार २२:१० मा प्रकाशित

काठमाडौँ, ४ बैशाख । थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् ।

छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् । त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् । वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यान्मासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

समूह ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् । नेपाली टोली बिहीबार थाइल्याण्ड जानेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल