गोपालप्रसाद रिमाल काव्यसम्मान अधिकारीलाई

४ बैशाख २०७६, बुधबार २२:०६ मा प्रकाशित

काठमाडौँ, ४ वैशाख । लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यो वर्षदेखि गोपालप्रसाद रिमाल काव्यसम्मान प्रदान गर्ने घोषणा गरेको छ ।

साहित्यकला मन्दिरले स्रष्टासम्मानको २५औँ वर्ष पूरा गरेको अवसरमा विगत वर्षहरूदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानहरूका अतिरिक्त यो वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

वरिष्ठ कवि दिनेश अधिकारीलाई रु ५१ हजार नगदका साथै प्रशस्ति–पत्रसहितको उक्त पुरस्कार यही वैशाख २७ गते प्रदान गरिने साहित्यकला मन्दिरले आज जनाएको छ ।

साहित्यकला मन्दिरले आख्यानकार पद्मावती सिंहलाई प्रशस्ति–पत्रसहित रू एक लाख एकको गङ्गादेवी चौधरी स्मृतिसम्मान, अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रितलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई सरस्वतीसम्मान, लोक, आधुनिक सङ्गीतका साधक गणेश रसिकलाई नारायणगोपाल सङ्गीतसम्मान, नेपाली चित्रकला क्षेत्रका किरण मानन्धरलाई अरनिको ललितकलासम्मान र रङ्गमञ्च क्षेत्रकी अभिनेत्री भुवन थापा चन्दलाई बालकृष्ण सम रङ्गसम्मान प्रदान गर्ने भएको छ ।

त्यसैगरी फरक क्षमता भएकी सृष्टि केसीलाई नेपाल नवप्रतिभासम्मान प्रदान गरिने भएको छ । यी सबैलाई रु ५१ हजार प्रशस्ति–पत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले