विद्युतीय कारोवार ऐनको दफा खारेज गर्न माग गर्दै नेपाली पत्रकारहरु आन्दोलनमा

४ बैशाख २०७६, बुधबार २१:५७ मा प्रकाशित

काठमाडौँ, ४ वैशाख । नेपाल पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको छ । महाङ्घले आन्दोलनको जानकारी सहित आज विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर सङ्घर्ष गर्ने जनाएको छ ।

महासङ्घले आज विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने कार्यक्रमसमेत गरेको छ । महासङ्घले सङ्घर्षका कार्यक्रमअन्तर्गत आज बिहान ९ः३० देखि १०ः३० बजेसम्म महासङ्घका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासङ्घ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार