लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन

४ बैशाख २०७६, बुधबार २१:४५ मा प्रकाशित

सोलुखुम्बु, ४ वैशाख । तेञ्जिङहिलारी विमास्थल लुक्लामा भएको विमान दुर्घटनाका विषयमा छानविन गर्न गठित समितिले स्थलगत अध्ययन गरेको छ । टोली बुधबार लुक्ला आई स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इञ्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

तीन जनाको ज्यान जाने गरी आइतबार समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना भएको भोलिपल्टै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले छानविन समिति गठन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली संयोजकत्वको तीन सदस्यीय टोली बुधबार स्थलगत अध्ययनपछि काठमाडाँै फर्किएको छ । छानविन समितिको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, तारा एयरका वरिष्ठ क्याप्टेन रवीन्द्र डङ्गोल र नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ रहनुभएको छ ।

लुक्लाबाट रामेछापको मन्थलीबाट पर्यटक लिन उडेको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि टोलीले बुझाएको प्रतिवेदनपछि सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ । उक्त दुर्घटनामा परी विमानका सहचालक सुजीत ढुङ्गाना, सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकद्वय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । खड्का र ढुङ्गानाको घटनास्थलमै तथा श्रेष्ठको काठमाडौँ उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी चार जना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस