पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या

४ बैशाख २०७६, बुधबार २१:४४ मा प्रकाशित

लिमा, ४ वैशाख (एएफपी)। पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गर्नुभएको छ । आफ्नै घरमा उहाँले बुधबार आफ्नै टाउकामा आफैंले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उहाँले आत्महत्या गरेको उहाँका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् ।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उहाँको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भन्नुभयो, “यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।”

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

काठमाडौँ । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको

सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप