सामाजिक सुरक्षा योजनाः सरकारको तामझाम ज्यादा, रोजगारदाता र श्रमीकलाई वास्तै छैन

४ बैशाख २०७६, बुधबार १६:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ बैशाख । सरकारले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन रोजगारदाताका लागी समय थप गरेको छ । यसअघि तोकिएको समय समय सकिदा पनि थोरै संख्यामा मात्रै रोजगारदाता सूचिकृत भएपछि सरकारले असारसम्म समय थप गरेको हो ।

सामाजिक सुरक्षा कोषमा देशभरबाट दुइ हजार ४ सय ११ रोजगारदाता मात्रै सूचिकृत भएको कोषकी प्रवक्त रमा भट्टराईले जानकारी दिईन । उनले भनिन्, ‘रोजगारदाताले आफ्ना श्रमिकहरुको पनि दर्ता गर्न थालेका छन्, कति श्रमिक दर्ता भए भनेर हामीले डाटा निकालेका छैनौं ।’

राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार देशभर ९ लाख २२ हजार प्रतिष्ठान रहेका छन् । तर कोषमा भने सरकारले तोकेको समय सकिदा सम्मपनि जम्मा ०.२६ प्रतिशत रोजगारदाता मात्रै सूचिकृत भएका छन् । सरकारले अनिवार्य रुपमा कोषमा सहभागी हुनुपर्ने भन्दै ढिलो चाँडो सबै रोजगारदाता सहभागी हुने विश्वास लिएको छ ।

तर कार्यक्रम घोषणा गर्दा दैनिक पत्रिकामा ज्याकेट एड दिएर, सडकका बिजुलीका पोलमा विज्ञापन झुन्ड्याएर तामाझाम गरिएपनि ५ महिनासम्म रोजगारदाता सूचिकृतको संख्या हेर्दा सरकारको लगानी खेर गएको देखिएको आलोचकको बुझाई छ ।

सरकारले मंसिर ६ गतेबाट रोजगारदातालाई सूचिकृत हुन आवेदन खुल्ला गरेको थियो । रोगजारदाताको सूचिकृत पछि प्रत्येक रोजगारदाताले ती महिनाभित्रमा आफ्ना श्रमिकलाई कोषमा सहभागी गराउनुपर्नेछ ।

सूचिकृत भएका श्रमिकको हकमा रोजगारदाताले २० प्रतिशत र श्रमिकले ११ प्रतिशतको दरले कोषमा रकम जम्मा गराउनुपर्ने हुन्छ । जसअन्तर्गत सरकारले तोकेको न्यूनतम पारिश्रमिक भूक्तान गरेको हुनुपर्ने कोषले जनाएको छ ।

चलू आर्थिक बर्षभित्रमा देशभरका रोजगारदाता र श्रमिकलाई सूचिकृत गराउने कोषको योजना रहेको छ । सूचिकृत हुन आएका रोजगारदाताले आगामी आर्थिक बर्षको पहिलो महिनाबाटै कोषमा रकम जम्मा गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी