पहिलोपटक सगरमाथा सफा गर्दै नेपाल सरकार

४ बैशाख २०७६, बुधबार १३:४४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ बैशाख ।  नेपालले पहिलोपटक आफ्नै प्रयासमा सगरमाथामा क्षेत्रमा सरसफाई गर्ने भएको छ । यसअघि विदेशी संघसंस्थाको सहयोगमा हुँदै आएको सरसफाई यसपटक भने सरकार आफँैले गर्न लागेको हो ।

सगरमाथाको फोहोर संकलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, बन तथा वातावरण मन्त्रालय साथमा रहनेछन् । त्यस्तै सगरमाथा राष्ट्रिय निकुञ्ज, वातावरण विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा सगरमाथा पोलुशन कन्ट्रोल कमिटि समेत यो काममा सहभागी हुने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

फोहोर संकलनको टोलीलाई सघाउन १२ जना शेर्पाहरु समेत खटिने छन् । उक्त टोलीले सगरमाथाको दोस्रो क्याम्पसम्मको फोहोर संकलन गर्नेछ । उक्त टोली बिहीबार काठमाडौंबाट सगरमाथाको आधार शिविर तर्फ लाग्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले जानकारी दिए।

फोहोर संकलनको मुख्य शेर्पा टोलीले रुलिङ गर्दै बेस क्याम्प भन्दा माथीको फोहोर संकलन गर्ने र आधार शिविरसम्म ल्याउने काम गर्नेछ । आधार शिविरसम्म ल्याइएको फोहोरलाई मजदुरको सहयोगमा गोरख सेपसम्म ल्याउने र त्यहाँबाट ल्याएको फोहोरलाई सेनाको हेलिकप्टरबाट नाम्चेबजार ल्याइनेछ ।

आधार शिविरदेखि संकलन क्षेत्रसम्मको फोहोरको तौल करिब १० टन हुने अनुमान गरिएको छ । संकलित फोहोरमध्ये बिसर्जन गर्न मिल्नेलाई त्यतै र बाँकीलाई मात्रै काठमाडौं ल्याइने छ ।

मे २९ मा नाम्चेमै सगरमाथा दिवस मनाउने र त्यसपछि उक्त फोहोर काठमाडौं ल्याइने लक्ष्य छ । अहिले बेस क्याम्पभन्दा माथी रहेको फोहोर मात्रै संकलन गर्ने र संकलित फोहोरलाई काठमाडौंमा ल्याएर जुन ५ मा वातावरण दिवसका दिन बिसर्जन गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको