तलब बढाउन कर्मचारीको दबाव, मान्लान त प्रधानमन्त्री ?

४ बैशाख २०७६, बुधबार ११:३४ मा प्रकाशित

काठमाडौँ, ४ बैशाख । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशत बढाउन दबाव सुरु भएको छ । कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले तलब वृद्धिका लागि छलफल र लबिङ सुरु गरेको छ ।

युनियनका अध्यक्ष पुण्य ढकालले समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गराउने मुख्य औजार कर्मचारी भएकाले उनीहरुको मनोबल उच्च बनाउन पनि कर्मचारकिो तलब तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन् । उनले २ बर्षदेखि तबल नबढेको गुनासो पनि गरे ।

ढकालले चालु आर्थिक बर्षमा प्राप्त भैरहेको २ हजार भत्ताको ७५ प्रतिशत रकमलाई तलबमा गाभ्ने र पछिल्लो ३ वर्षको मूल्य वृद्धिका आधारमा तलब बढाउनु उपयुक्त हुने बताएका छन् ।

विशेष स्रोतबा अनुसार प्रधानमन्त्री केपी ओली पनि यसपाली कर्मचारीको तलब बढाउने पक्षमा देखिएका छन् । यसपाली तलब बढाउने नियमित समय पनि भएकाले कर्मचारीको तलब बढ्ने स्रोतको भनाई छ ।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहका डा रामशरण खरेलले भने बजेट निर्माणको छलफल भर्खर सुरु भएकोले कर्मचारीको तलबबारे छलफल भईसकेको छैन ।

यस्तो छ अहिले निजामति कर्मचारीको तलबः
मुख्यसचिवः रु ५५,२००।–
सचिवः रु ५१,४२०।–
सहसचिवः रु ४०,१५०।–
उपसचिवः रु ३४,२२०।–
शाखा अधिकृतः रु ३०,५००।–
नासुः रु २३,५००।–
खरिदारः रु २२,१७०।–
कार्यालय सहयोगी पियनः रु १८,०००।–

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार