रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी

३ बैशाख २०७६, मंगलवार २२:४३ मा प्रकाशित

वासिङ्टन, ३ बैशाख (एएफपी) – रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्व गभर्नर बिल वेल्डले ट्विट गर्दै आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

राष्ट्रपति ट्रम्प पार्टीभित्र निकै लोकप्रिय भएकाले बिल वेल्डले पार्टीका तर्फबाट उम्मेदवारी पाउने सम्भावना कम छ । तर यस उम्मेदवारीले पार्टीभित्र निराशा रहेको प्रष्टै देखिएको छ । रिपब्लीकन पार्टीभित्र ट्रम्पले विपक्षीमाथि जथाभाबी आलोचना गर्ने गरेको, रुसी राष्ट्रपतिसँग साँठगाँठ गरेको तथा भर्जिनियामा गोरा राष्ट्रवादीले गरेको आक्रमणप्रति नरम व्यवहार गरेको आरोप लगाइने गरेको छ ।

वेल्डको उम्मेदवारीबारे जारी भिडियो सन्देशमा “अमेरिकासँग विकल्प छन् र एउटा अझ राम्रो अमेरिका बनाउने अवसर हाम्रासामु छ ।”

सन् १९९१ देखि १९९७ सम्म गभर्नर हुँदा वेडले म्यासाचुसेट्स राज्यमा सन्तुलित बजेट ल्याएको, कर कटौती गरेको, भ्रष्टाचारमाथि कारबाही गरेको तथा जनकल्याणका कार्यहरुमा सुधार ल्याएको भन्दै उच्च प्रशंसा हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको

वासिङटन । अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै