शेयर बजारमा उत्साह : दोहोरो अङ्कको वृद्धि

३ बैशाख २०७६, मंगलवार २२:२६ मा प्रकाशित

काठमाडौँ, ३ वैशाख । धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०.२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता शेयर रु ७४ करोड २७ लाख १८ हजार ७५१ मूल्यमा खरीद बिक्री भयो ।

काठमाडौँ, ३ वैशाख । कारोवार भएका दश उपसमूहकै आज शेयर बढेको छ । बैंकिङ २९.४१, होटल १४, विकास बैंक २०.०२, जलविद्युत् ५.८९, वित्त १०.७४, निर्जीवन बीमा ४८.९२, उत्पादन २.४६, अन्य २.९३, लघुवित्त ३५.८ र जीवन बीमा ८०.१९ बिन्दुले बढेको छ ।

कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । उक्त बैंकको रु छ करोड ७० लाख ६० हजार ५६८, एनआइसिएशिया बैंक रु चार करोड ९८ लाख २१ हजार ६३९, प्रभु बैंक रु चार करोड ५८ लाख ७९ हजार ७०१, सिभिल बैंक रु तीन करोड ३२ लाख ९३ हजार ५५८, नेपाल बैंक लिमिटेड रु तीन करोड २४ लाख ९० हजार ७१५, कुमारी बैंक रु दुई करोड ७५ लाख ७४ हजार २८४, नेपाल क्रेडिट एण्ड कमर्स बैंक रु दुई करोड ३० लाख ९१ हजार १५९, साना किसान विकास बैंक रु दुई करोड २४ लाख २० हजार ४४० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ६.५४, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९६, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकका शेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ३.२२ प्रतिशतले गुमाए । एभरेष्ट इन्स्योरेन्स कम्पनी २.३४, समुन्नती माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक २.३०, सिनर्जी पावरका शेयरधनीले १.९० प्रतिशतले गुमाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको