पब्जीको प्रतिबन्ध फुकाउन माग गर्दै मुद्दा दायर

३ बैशाख २०७६, मंगलवार १६:२४ मा प्रकाशित

काठमाडौँ, ३ बैशाख । पब्जी गेममाथि लगाईएको प्रतिबन्ध फुकुवाको माग गर्दै अदालतमा मुद्धा दायर भएको छ ।

सरकारले लगाएको पब्जी गेम माथिको प्रतिबन्ध असंवैधानीक र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको भन्दै अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले सर्वोच्च अदालतमा सार्वजनीक सरोकारको मुद्दा दायर गरेका छन् ।

कानुन निर्माण गरेर मात्र बन्देज लगाउन पाइने संवैधानीक व्यवस्था विपरीत कानुनी प्रावधान विना नै काठमाडौँ जिल्ला अदालतले उक्त गेममा प्रतिबन्ध लगाउने गरी भएको अनुमति सम्बन्धित निर्णय तथा सो निर्णय बमोजिम भए गरेका सम्पूर्ण काम कारवाही निवेदनको अन्तिम टुंगो नलागेसम्म यथास्थितीमा राख्न समेत अदालतबाट आदेश माग गरी निवेदन दायर भएको छ ।

‘अभिव्यक्तिको स्वतन्त्रतामा सरकारले बन्देज लगाउन पाउँदैन भन्ने होइन तर विधि र नियम अनुसार मनासिब आधारमा आवश्यकता रहेको अवस्थामा कानुन बनाएर बन्देज लगाउनु पर्नेमा कानुनले नदिएको अधिकार प्रयोग गरी गरिएको निर्णय को संवैधानिक परिक्षण गर्नु पर्छ तर यहाँ त्यसो नगरी हचुवाकै भरमा निर्णय गरिएको छ’ निवेदक अधिवक्ता प्रवीण सुवेदीले भने।
नेपाल दुरसञ्चार प्राधिकरणले चैत २८ मा पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।एमालेको विभाजनपछि अल्पमतमा परेकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मीले अन्ततः पदबाट राजीनामा दिएकी छिन । शाक्यको बहिर्गमनसँगै नेकपा (एकीकृत समाजवादी)का

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सरेको छ ।बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि निर्धारित मंसिर

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री