‘टिक टक’ लाई प्ले स्टोरबाट हटाउन भारतको आग्रह

३ बैशाख २०७६, मंगलवार १६:०२ मा प्रकाशित

काठमाडौँ, ३ बैशाख । भारतले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ ।

मद्रास उच्च अदालतले टिक टकमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई यस्तो आग्रह गरेको हो ।

मद्रास उच्च अदालतले टिकटकले देशमा अश्लिलता फैलाइरहेको दावी गर्दै प्रतिबन्ध लगाउन आदेश दिएको थियो । मद्रासको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश दिएको थियो ।

सरकारले नै अदालतको आदेश विपरीत एप हटाउन आग्रह गरेपनि गुगल र एप्पलले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको