बिना टेण्डर खुल्लामञ्चमा सयौं सटर निर्माण, व्यवसायी भन्छन्, ‘बिल भरपाई बिना भाडामा लगानु आपत्तिजनक’

३ बैशाख २०७६, मंगलवार १५:४७ मा प्रकाशित

राजधानीको खुलामञ्चमा बिना टेन्डर ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण भएको छ । राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले टेन्डर प्रक्रिया बिना र बिल भर्पाइ नै नभई सटर बनाएर ब्यापारिक प्रयोजनका लागी भाडामा लगाईएको भन्दै आपत्ति जनाएको छ ।
संघले पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि भूमाफियाहरुले ब्यापारिक प्रयोजनको थलो बनाएको आरोप लगाएको हो ।

बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन बन्दै केही वर्ष अगाडि काठमाडौं महानगरपालिका र जलेश्वर स्वछन्द विकोई विल्डर्स नामक कम्पनीका मालिक मनोज भेट्वालबीच सहमति भएको उल्लेख गर्दै संघले सो सम्झौताअनुसार काम नभएको जनाएको छ ।

‘काठमाडौं महानगरपालिकामा सम्पूर्ण गुठी संघ/संस्थामा रहेका दुईमाजु गुठीको अधिनस्थमा रहेका जग्गा खानेपानी संस्थाको जग्गासमेत अनाधिकृत रुपमा दलाल र भूमाफीयाले पक्की भौतिक संरचना बनाई प्रति पसल १० लाखदेखि १५ लाख र प्रति महिना भाडावापत १५ हजारदेखि २५ हजारसम्म उठाई करोडौं रुपैयाँको आर्थिक घोटाला गरिएको हुँदा यस्ता सार्वजनिक जग्गा र पहुँचका आडमा विना टेण्डर, बिना सहमति सञ्चालन गर्दापनि सम्बन्धित निकाय कामनपा, स्थानीय निकाय र नेपाल सरकारको ध्यान पुग्न नसकेको हुँदा हामी आम व्यवसायीहरुको छाता संगठन राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघको गम्भिर ध्यानाकार्षण भएको जानकारी गराउँदछौं’ संघको विज्ञप्तीमा भनिएको छ ।

संघका महासचिव केशव अछामीले आफुहरुसंग भएका सहमतिलाई तोड्दैै आर्थिक तथा राजनैतिक पहँुच भएकाहरुलाई राज्यले करोडौँको चलखेल गर्दै सो क्षेत्रमा अतिक्रमण गराईरहेको आरोप लगाए । निर्माणाधिन सटरहरुलाई प्रतिक्षालय बनाउने बहानामा बिना कुनै आधार करोडौं रकमको चलखेल गर्दै सरकारी सम्पत्तिको दुरुपयोग भईरहेको भनाई छ ।

राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य लिलाबहादुर दाहालले तीन वर्ष पहिला खुलामञ्चमा अस्थायी बसपार्क बनाउँदा प्रतिक्षालय बनाउने भनिएको थियो । तर अहिले सहमति विपरीत सटर बनाएर भाडामा लगाईएको छ ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघका महासचिव राजकुमार श्रेष्ठले महानगरले ब्यवसाय गर्न टेन्डर निकाल्नुपर्ने भएपनि कुनै आधिकारिक बिल भरपाईनै नदिई व्यवसायीहरुबाट करोडौं रकम असुलिरहेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको