विश्वकप छनोट: ओमनविरुद्ध नेपालकाे शानदार जित

३ बैशाख २०७६, मंगलवार १४:३६ मा प्रकाशित

काठमाडौँ, ३ बैशाख । आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमनमाथि १५० रनको जित निकालेको छ । टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमनलाई २३० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । कमजोर सुरुवात गरेको नेपालका ओपनर रित गौतम र पवन सर्राफलाई क्रमश १० रन र ५ रनमा आउट भएका थिए ।

नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका प्रतिस जिसीले २३ बलमा ४१ रनको योगदान दिए । त्यस्तै, भीम सार्कीको ३९ रन र अभिषेक बस्नेतको १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यता, ओमनलाई सस्तैमा समेट्न पवन सर्राफले ३ विकेट, प्रतिस जिसी र सूर्य तामाङ्ले समान २/२ विकेट लिए । त्यस्तै, कुशल मल्ल, कमलसिंह ऐरी र भीम सार्कीले समान १र१ विकेट लिए ।

आइसीसी यू १९ विश्वकप छनोटमा पहिलो खेलमा सिंगापुरमाथि जित निकालेको थियो भने दोश्रो खेलमा यूएईसँग पराजित भएको थियो। त्यस्तै, तेस्रो खेलमा मलेसियालाई हराएको थियो । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमन र सिंगापुर सहभागी छन्। नेपालले  अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ