सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशविरुद्ध पाँच उजुरी, नियुक्तिको प्रक्रियामै प्रश्न 

३ बैशाख २०७६, मंगलवार १०:१२ मा प्रकाशित

काठमाडौँ, ३ बैशाख । सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशविरुद्ध उजुरी दिने म्याद सोमबार सकिएको छ । संसदीय सुनुवाइ समितिले उजुरीका लागी तोकेको समयभित्र पाँच उजुरी परेका छन् । उजुरीमध्ये तीन व्यक्तिगत र दुई सैद्धान्तिक विषयसँग सम्बन्धित रहेका छन् । 

प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जना प्रकाश ढुङ्गाना विरुद्ध २ र हरिप्रसाद फुँयालविरुद्ध १ उजुरी परेको छ । सर्वोच्चमा सिफारिसप्रति निकै आलोचना गरिएका प्रस्तावित न्यायाधीश मनोजकुमार शर्माविरुद्ध समितिमा कुनै पनि उजुरी परेको छैन । सिफारिसमा परेका सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध पनि उजुरी परेका छैनन् ।

ढुङ्गानाविरुद्धका उच्च अदालतमा उनले गरेका आदेश त्रृटिपूर्ण रहेको भन्दै दुई उजुरी परेका छन् । बढुवा विवादमा ढुङ्गानाले गरेको आदेशबारे न्याय सेवाकै पूर्व कर्मचारीले पनि उनीविरुद्ध उजुरी गरेका छन् ।

यस्तै सिफारिस भएका फुयाँलको नियुक्तिलाई नै ‘राजनीतिक’ भनेर उजुरी गरिएको छ । उजुरीमा उनको पेशाको निरन्तरता र योग्यतामा पनि प्रश्न उठाईएको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापासहितले न्यायाधीश नियुक्तिको प्रक्रिया र मापदण्डमै प्रश्न उठाएर सद्धान्तिक उजुरी दिएका छन् । नियुक्तिमा समावेशी सिद्धान्त पालना नभएको तथा नियुक्ति प्रक्रिया स्पष्ट मापदण्डमा आधारित नभएको उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१