पर्यटनले पालिएको पोखरा

३ बैशाख २०७६, मंगलवार ०९:३४ मा प्रकाशित

काठमाडौँ, ३ वैशाख । पोखरा भन्ने वित्तिक्कै सुन्दरताको पर्यायका रुपमा चिनिन्छ । नजिकै फेवा ताल, वेगनास ताल र महेन्द्र गुफा अनि चमेरे गुफाले यहाँको सुन्दरतामा सुगन्ध थप्ने काम गरेका छन् । यसका अलवा सरांकोटा डाँडा, डेभिल्स फल्स लगायतले यहाँको प्राृकतिक सुन्दरतामा अझ सुगन्ध थप्ने काम गरेका छन् । सानो तर सुन्दर लाग्ने यो उपत्यका पर्यटकले पालिएको क्षेत्र हो ।

प्राकृतिक सुन्दरता बाहेक यो क्षेत्रको आफ्नो भन्ने केही छैन । खेती र कृषि उपज उत्पादनका निम्ती जग्गा छैन । आएका पाहुनालाई स्थानीय उत्पादन नभई बाहिरबाट आयात गरिएका खाद्य बस्तुहरु खुवाइन्छ ।

फेवा तालको किनारामा होटलै होटल छन् । ताल घुम्न आउने र तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शनमा आउनेहरुले होटल भरिएका देख्न पाइन्छ । तर होटल भित्र विदेशी रक्सी र आयातित खाद्य बस्तु बाहेक केही छैन ।

तालको किनारामा ब्याम्बो रिसोर्ट सञ्चालन गरिरहेका सञ्चालक पर्यटक आइदिनाले आफूहरु बाँचेको बताउँछ् । “पर्यटक आउँछन् र हामी बाँचेका छौँ” उनले भने, “यो ताल नहुँदोहो त हामी कसरी बाँच्थ्यौँ ?”

धेरै वर्ष अगाडी ब्रिटिस लाउरेहरुले घर बनाएर बसेको हुनाले सबैको ध्यान रमाउनमा मात्रै गएको यस क्षेत्रका मानिसहरु बताउँछन् । “उहिले लाउरेले टन्न कमाएर घर ठड्याए, उनीहरुका छोराछोरीलाई काम नगरी खान पुग्ने भयो, हाम्रा बाजे बराजुले पनि त्यही सिके काम गर्नै छोडे” पोखराका हरि गुरुङले भने ।

हुन पनि हो, पोखरामा अहिले खाली जग्गा छैन । ठूला ठूला घरहरु ठिङ्ग उभिएका छन् । पोखरा महानगरको वडा नम्बर १६ क्षेत्रमा भने तरकारी लगाउने करेसासम्म देख्न सकिन्छ । अन्यत्र भने सबै घरै घर बनेका छन् ।

उद्यपी महानगरको बजार क्षेत्र र अन्य स्थानमा पनि चौडा ठूला भएका सडक बनेका कारण बाटो साँघुरो छैन । खुला सडकका कारण आवतजावत सहजै गर्न सकिन्छ ।

माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमाली क्षेत्रको पदमार्गमा जाने पर्यटकहरु पोखरामा बास बस्छन् । उनीहरुको संगमस्थल नै पोखरा हो, जाँदा होस् वा फर्किदा ।

दैनिक सरदर १ हजार विदेशी पर्यटकको चहलपहल हुने पोखरामा स्थानीय उत्पादन बढाउन कसैले चासो नदेखाएको पर्यटन व्यवसायी लालबहादुर सुनुवार बताउँछन् । उनी पर्यटन क्षेत्रमा लागेको वर्षौ भयो, तर हालसम्म उनले पनि आएका स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादन दिन पाएका छैनन् । उनीमार्फत आएका पर्यटकलाई उनी फेवा ताल वेगनास ताल, साराङकोट र महेन्द्र गुफा लैजान्छन् । उनी खिन्न हुँदै भन्छन्, “पोखरामा हेर्न लायक प्रशस्त ठाउँ छन्, तर हामीसँग आफ्नो उत्पादन केही छैन ।”

पर्यटकलाई पश्चिमी संस्कार र संस्कृति देखाउन पनि पोखराभन्दा टाढा लैजानुपर्छ । “गुरुङ, थारु लगायतका समुदायको नाच र स्थानीय कला पोखराले विर्सिसक्यो” ३५ वर्ष पर्यटकको भारी बोकेका श्यामसुब्बा गुरुङ भन्छन्, “यहाँ त अहिले विदेशी गीत पो बज्छन् त त्यो पनि विदेशी रक्सीकै तालमा हाहाहा……….।”

गण्डकी प्रदेशको राजधानी पनि हो पोखरा । नेपालमा आउनेमध्ये ७५ प्रतिशतभन्दा धेरै पर्यटकले पोखरामा पाइला टेकेकै हुन्छन् ।
यति धेरै परिचित शहरमा पनि पर्यटकलाई कहिकतै सहायता कक्ष छैन । जुन ट्राभल कम्पनी मार्फत आएको छ वा जो व्यक्तिसँग साथी लागेर आएको छ उसैको भरमा हुन्छन् पर्यटकहरु । पर्यटकलाई स्वागत गर्ने र उनीहरुलाई यस क्षेत्रका विषयमा आधारभूत जानकारी दिने सरकारी संयन्त्र न पोखरा विमानस्थलमा छ न बसपार्कमा छ । केही समयअघि विमानस्थलमा राखिएको यस्तो सेवा कक्ष अहिले पूर्णरुपमा बन्द छ ।

प्रदेशको वन, बाताबरण तथा पर्यटन मन्त्रालयका सचिव विष्णु प्रसाद भण्डारी पोखरा महानगरपालिकासँग समन्य गरेर पर्यटकलाई सहज होस् भन्नका लागी ठाउँठाउँमा विद्युतीय डिस्प्ले बोर्ड राखिने बताउँछन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि यो आवश्क भएको बताएका छन् । निजी क्षेत्र जो पर्यटन सम्वद्ध छन् उनीहरुसँग मिलेर पोखराको प्रत्येक चोक र पोखराबाट गण्डकी प्रदेशका विभिन्न जिल्लाका लागी सवारी छुट्ने स्थानमा यस्ता बोर्ड चाँडै राखिने उनको भनाई छ ।
मुख्यमन्त्री गुरुङ आएका पर्यटकलाई पोखरामै उत्पादन भएको चिज उपहार दिनुपर्छ भन्ने छैन भन्छन् । “प्रदेश भित्र फरक फरक विशेषता र फरक फरक हावापानी भएका जिल्लाहरु छन्” उनले भने, “ती क्षेत्रमा उत्पादन भएका चिजहरु पोखरामा आउनु पर्यो, पर्यटकलाई छिमेकी जिल्लाको उत्पादन उपहार दिँदा भैहाल्छ नि ।” मुख्यमन्त्री भन्छन् “एउटा क्षेत्रमा बजार हुन्छ, बजारमा आवश्यक सामान त नजिकैका गाउँमा उत्पादन हुन्छन् नि, तीनले पनि बजार पाउनुपर्छ ।”

मुख्यमन्त्री गुरुङले पोखरा र आसपासका पर्यटकीय चाप भएका शहरमा स्थानीय उत्पादनको प्रयोगलाई जोड दिन व्यवसायीलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी