‘भ्रमण वर्ष’को उद्घाटनमै गएनन् प्रदेशका पर्यटन मन्त्री

३ बैशाख २०७६, मंगलवार ०९:१९ मा प्रकाशित

काठमाडौँ, ३ वैशाख । शनिबार कास्कीको पोखरास्थित फेवा तालको किनारबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत शनिबार भ्रमण वर्षको उद्घाटन गरे । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रम शुभारम्भ गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण उनी गएनन् ।

केन्द्र सरकार ‘संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय’ विहिन अवस्थामा छ । मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको २ महिना हुँदासम्म पनि मन्त्रीपरिषद्ले नयाँ मन्त्री नियुक्त गर्न सकेको छैन । यस्तो अवस्थामा भ्रमण वर्षको औपचारिक सुरुवात भएको छ ।

केन्द्र सरकारमा मन्त्री नभएपनि देशका सात वटै प्रदेशमा पर्यटन मन्त्रालय छ । मन्त्रालय मात्रै होईन, मन्त्री पनि छन् । तर राष्ट्रिय महत्वको कार्यक्रम उद्घाटन हुँदा पनि कुनैपनि प्रदेशका पर्यटनमन्त्री उपस्थित भएनन् ।

कार्यक्रम आयोजना गरिएको ‘पोखरा’ गण्डकी प्रदेशको राजधानी हो । यो प्रदेशका पर्यटनमन्त्री विकास लम्साल कार्यक्रम सुरु भएपछि देखा परे । तर अन्य प्रदेशका मन्त्री भने आएनन् । सरकारले मनाउन लागेको कार्यक्रममा सरकारकै सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित नहुनु दुखद भएको पर्यटन व्यवसायीहरु बताउँछन् । “यसबाट सरकारले पर्यटन क्षेत्रलाई कति महत्व दिएको छ भनेर प्रष्ट हुन्छ” ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेल भन्छन्,“हात्तिको देखाउने दात भनेजस्तो बाहिर एउटा कुरा गर्ने भित्र केही छैन ।”

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।